बेलौरीमा पूर्व विद्यार्थी समाजद्वारा महोत्सवको आयोजना गरिँदै

हरिलाल जोशी
बेलौरी / १३ भदौ
कञ्चनपुरको बेलौरीमा दोस्रो कृषि ,पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

शुक्रबार पूर्व विद्यार्थी समाज बेलौरीले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने बारे जानकारी गराएको हो ।

महोत्सव आयोजक समितिका संयोजक रामेश्वर न्यौपानेको सभाध्यक्ष तथा बेलौरी नगरपालिका–४ का वडा सदस्य रुद्र प्रसाद अधिकारीको प्रमूख आतिथ्यमा उद्योग बाणिज्य संघ बेलौरीको सभाहलमा भएको पत्रकार सम्मेलन कार्यक्रममा महोत्सवमा हुन आउने समस्याहरु ,विगतको महोत्सवमा देखिएका कमि कमजोरीहरु आदि विषयमा चर्चा परिचर्चाका साथै आयोजकले सल्लाह र निष्पक्ष तरिकाले काममा अघि बढ्नुपर्ने कुरामा गहिरो छलफल भएको थियो ।

कार्तिक २१ देखि मंसिर १ गते सम्म बेलौरीको खुला मञ्चमा सञ्चालन हुने सो महोत्सव बेलौरी नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा अध्ययनरत गरिब तथा अनाथ बालवालिकाको सहयोगार्थ सञ्चालन गर्न लागेको आयोजक समितिका संयोजक रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सवलाई मर्यादित र शान्तीपूर्ण ढंगले सम्पन्न गर्नका लागि मूल समिति बाहेकका अठार ओटा उपसमितिहरु निर्माण गरिएको पनि संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

दुई सय पचास स्टल रहने महोत्सवमा कृषि प्रदर्शनी, बालउद्यान,विभिन्न जातजातीका भेषभुषाहरु, मौलिक हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गरिने र पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.