कञ्चनपुरको पुनर्वासमा आगलागी हुँदा तीनजना घाईते , एकको अवस्था गम्भिर

हरिलाल जोशी
पुनर्वास / ११ भदौ
कञ्चनपुरको पुनर्वास नगरपालिका–४,काफ्ले चोक नजिकै रहेको नेत्र पौडेलको घरमा आगलागी हुँदा तीन जना घाईते भएका छन् ।

बुधबार बिहान भान्सामा आलु उसिन्ने क्रममा एल.पी. ग्यास लिक भई आगलागी हुँदा तीन जना घाईते भएका हुन् ।

घाईते हुनेमा घरमुली नेत्र पौडेलकी श्रीमती शान्ता पौडेल , छिमेकी धनबहादुर थापा र कटे थापा रहेकोे छन् ।

घाईते तीनजना मध्ये घरमुली शान्ता पौडेलको शरिर बाहिरबाट पूर्ण रुपमा जलेर शक्त घाईते भएकी छिन भने दुई जनाको हात,खुट्टामा जलेको भएपनि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए ।

जलिएका पेट्रोलका भाडाहरु

ग्यासबाट आगो बाहिर निस्कि सकेपछि भान्सामा पेट्रोल छ त्यसलाई चाँहि निकाल्नुपर्छ भनेर भान्सा भित्र पसेका तीन जना मध्ये घरमुली शान्ता पौडेल भने आगोबाट उम्कन नसकेको छिमेकी राम वडले बताए । आगो दनदनी बल्दै जाँदा घरमुली पौडेल बाहिर ननिस्केपछि झ्याल फोडेर लिन जाँदा शरिर पूरै आगोले डढेको थियो । उनले भने त्यसपछि एम्बुलेन्स बोलाएर उनलाई पठाईसकेपछि प्रहरी ,दमकल र स्थानियहरुको सहायताले आगो केहि समयपछि नियन्त्रणमा आएको बताए ।

सक्त रुपमा घाईते भएकी पौडेलको उपचार सेती अञ्चल अस्पताल कैलालीमा भईरहेको र अन्य दुईजनाको भने पुनर्वास पोलिक्लिनिक आई.बी.आर.डी.मा उपचार भईरहेको प्रहरीले जानकारी दिए ।
केहि समयअघि पनि अवैधानिक रुपले बिक्रि बितरण हुने खुल्ला पेट्रोलबाट आगो लागेर पुनर्वासको डोकेबजार क्षेत्रमा आगलागी हँदा कयौ होटल र पसलहरु क्षति भएका थिए ।

आगलागीले जलेको भान्सा कोठा
Facebook Comments
Down to post ads-480-38

Comments are closed.