बेलौरीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्छु : नगर प्रमूख चौधरी

हरिलाल जोशी
बेलौरी / १० साउन
कञ्चनपुरको बेलौरीमा रहेका धार्मिक स्थलहरुको संरक्षण र प्रवद्धन गरि बेलौरीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने लक्ष्य रहेको बेलौरी नगरपालिकाका नगर प्रमूख पोतिलाल चौधरीले एक कार्यक्रमका बिच बताउनुभएको छ ।
बेलौरी नगरपालिका–१,फटिया स्थित कोटिहोम मन्दिर नजिकै स्थापना भएको हनुमानजीको मुत्र्ति उद्वघाटन कार्यक्रमको क्रममा नगर प्रमूख चौधरीले यस्तो बताउनुभएको हो ।
बेलौरी नगरपालिकाको धार्मिक पर्यटकिय स्थल बनाउने योजना अन्तर्गतको बजेट र स्थानियको संयुक्त सहयोगमा निर्माण भएको २१ फिट अग्लो हनुमानजीको मुर्तीको नगर प्रमुख पोतिलाल चौधरीद्वारा रिवन काटेर हिन्दु परम्परा अनुसार उद्वघाटन गरिएको थियो ।

कार्यक्रममा संयुक्त मन्दिर समितीका अध्यक्ष रजक बहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन कार्यक्रमको प्रमूख अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी रहनुभएको थियो । भने विशिष्ट अतिथिमा बेलौरी नगरपालिका– १,का वडा अध्यक्ष रतन बहादुर शाही , नेकपा सु.प. प्रदेश कमिटी सदस्य अमर चौधरी र नेकपा प्रदेश कमिटी सदस्य फुल्लन राना रहनुभएको थियो ।त्यस्तै अतिथि दिर्घामा जनप्रतिनिधि, स्थानिय समाजसेवी ,बुद्धिजीवी र भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.