रबि लामिछाने ५ लाख धरौटीमा रिहा

हेल्लो समाचारदाता

चितवन , ०९ भदौ पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

रविसँगै पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा राखेर मुद्दाको पर्पक्ष गर्न अदालतले आदेश जारी गरेको छ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।                                                                                                                                 –   कान्तिपथ अनलाईनबाट

Facebook Comments
Down to post ads-480-38

Comments are closed.