अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेल्लो समाचारदाता

अछाम, ०५ भदौ –अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा हिजो बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेलुकी सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज  ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जिपमा सवार बान्नीगढी जयगढ–४ का ३८ वर्षीय कालु सिंह आउजी, सोही ठाउँका ३५ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका–३ का २२ बर्षीय लाल बहादुर बोहोरा छन् ।

बोहोराको घटनास्थलमै मृत्यु भएको हो । आउजी र परियारको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चालकसहित तीन जना भने घाइते भएका छन् ।घाइतेहरुलाई भने उपचारको लागि न्याय हेल्थ बयलपाटा अस्पताल पठाइएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.