शुक्लाफाँटामा युवतीमाथी सामुहिक बलात्कार गर्ने दुई जना पक्राउ

हेल्लो समाचारदाता

झलारी ,१ भदौ ।

कञ्चनपुरको  शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेस ऐर रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो । युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । उनका अनुसार घटनामा ५ जनाको संलग्नता थियो ।

‘घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ,’ उनले भने,‘पक्राउ परेका व्यक्तिको साथबाट एक मोटरसाईकल र एक खुकुरी समेत बरामद गरेका छौं ।’ युवतीको स्वास्थ्य परिक्षण गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्य परिक्षण रिर्पोटमा बलत्कार भएको देखिएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरिने छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.