सशस्त्र प्रहरीद्वारा अबैध कुखुरासहितका तीन मोटरसाइकल भन्सार चलान

हरिलाल जोशी
पुनर्वास , ३२ साउन।

पुनर्वासवाट धनगढी तर्फ मोटरसाइकलमा लैजादै गरेको  भारतीय अबैध ब्रोइलर कुखुरा   सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शनिबार बिहान ७ बजेतिर  बीओपी आउट पोष्ट पुनर्वासबाट बलबहादुर गुरुङको कमाण्डमा खटिएको  टोलीले पुनर्वास नगरपालिका–१० स्थित दोदा पुलबाट भारतीय अबैध ब्रोइलर कुखुरा सहितका तीन वटा मोटरसाइकल बरामद गरेको हो ।

   सशस्त्र प्रहरीको टोली देखेपछी कुखुरा सहितका तीन मोटरसाइकल छोडेर तस्करहरु फरार रहेको सशस्त्र प्रहरी बल ,बिओपी पुनर्वासका प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टले जानकारी दिनुभयो।

फरार पछि बरामद गरिएका  से ४ प ४८०२, से २ प ७७५४ र म २ प ६९६२ नम्बरका  तीन ओटा सुपर स्प्लेण्डर माेटरसाईकल  र एक सय अठार पिस अर्थात तीन कुण्डल पच्चीस किलो ब्रोइलर  कुखुरा  बरामद पछि त्रिनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी नायब निरीक्षक  बिष्टले बताउनुभयो ।

 साउन २६ गते साझ पनि सशस्त्र प्रहरी बल , बिओपी पुनर्वासबाट खटिएको टोलिले गौरीफन्टा नाका भएर भन्सार छली गरि पुनर्वास तर्फ ल्याउदै गरेको ४८ हजार ७ सय पचास रुपैया बराबरको कपडा पुनर्वास नगरपालिका-१० बाट पक्राउ गरि त्रीनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब निरीक्षक  बिष्टले बताउनुभयो ।

नायब निरीक्षक बिष्टले चार्डवार्ड नजिकिए संगै बढिरहेको तस्करी नियन्त्रणमा बिओपी पुनर्वासले आफ्नो  सक्रियता बढाएको बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.