आज पुनर्वासमा निःशुल्क स्वास्थ्य शिविर हुने

हरिलाल जोशी
पुनर्वास,३१ साउन ।

कञ्चनपुरको पुनर्वासमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आज पुनर्वास नगरपालिका–६,स्थित श्री पुनर्वास जनता माध्यामिक बिद्यालयको प्राङ्गगणमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

सिपि अस्पताल प्रा.लि. धनगढीको अयोजना तथा उद्योग बाणिज्य संघ पुनर्वासको व्यवस्थापनमा हुन लागेको स्वास्थ्य शिविरमा हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच गराईने उद्योग बाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण बहादुर तामाङले बताउनुभयो ।

बिहान ८ बजेबाट सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर बेलुका ४ बजेसम्म सञ्चालन हुने उद्योग बाणिज्य संघ पुनर्वासका बरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

निःशुल्क रुपमा सञ्चालन हुने सो स्वास्थ्य शिविरमा कोहि नछुटी सबैले आफ्नो स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिनहुन सिपि अस्पताल प्रा.लि.धनगढीले सम्पूर्ण जनसमुदायहरुमा अपिल गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.