उधोग वाणिज्य संघ पुनर्वासद्वारा नव आगन्तुक प्रहरी निरीक्षकलाई स्वागत

हरिलाल जोशी
पुनर्वास, २३ श्रावण ।

उद्योग वाणिज्य संघ पुनर्वासद्वारा आयोजित नव आगन्तुक प्रहरी निरीक्षकको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उद्योग वाणिज्य संघको सभाहलमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा नव आगन्तुकको रुपमा आउनुभएका प्रहरी निरीक्षक वकिल बहादुर सिहँलाई स्वागत गरिएको हो ।

संघका अध्यक्ष कृष्ण बहादुर तामाङको सभापतित्व तथा पुनर्वास नगरपालिकाकी नगर उपप्रमूख शारदा बिष्ट धामीको प्रमूख आतिथ्यमा भएको स्वागत कार्यक्रमको बिशिष्ट अतिथिमा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बिरबल बिश्वकर्मा रहनुभएको थियो । भने उपस्थित विभिन्न तह तप्काका व्यक्तित्वहरु अतिथि दिर्घामा आसिन हुनुहुन्थ्यो ।

                        प्रमुख अतिथिको आशनबाट बोल्नुहुँदै उपप्रमुख बिष्टले पुनर्वासका एघार वडा मध्ये नौ वडा भारतीय सीमासँग जोडिएका कारण अन्य क्षेत्रको भन्दा पुनर्वासक्षेत्र सुरक्षाको दृष्टिकोणले पनि निकै असुरक्षित छ । यस कारण स्थानिय,जनप्रतिनिधि र प्रहरीको संयुक्त अपरेसनबाट मात्रै यस क्षेत्रका जनतालाई सुरक्षाको अनुभूति दिलाउन सम्भव हुने भन्दै आगामी दिनमा पुनर्वास क्षेत्रको शान्ति सुव्यवस्थामा पहिलेको भन्दा सुधार गर्नमा नवआगन्तुक प्रहरी निरिक्षकको अब्बल भुमिका रहने बिश्वासका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै अतिथिको आशनबाट बोल्नु हुँदै प्रहरी निरीक्षक वकिल बहादुर सिँहले स्वागत र परिचयात्मक कार्यक्रमको आयोजना गरेकोमा यस व्यापारिक संघलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दै पुनर्वासका जुनसुकै गलत गतिविधिको अपरेशनमा आफू र आफ्नो संगठन पछि नहट्ने बताउनुभयो । उहाँले आफूहरुलाई थाहा भए÷नभएका जुनसुकै गलत गतिविधिहरुको सुचना प्रवाहका लागि स्थानिय,समाजसेवी ,जनप्रतिनिधि लगायत सबै पुनर्वासीहरुको साथ सहयोगको भुमिका निकै अपरिहार्य रहने बताउनुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले पुनर्वासमा देखिएको लागुऔषत दुव्र्यसनी ,जुवातास ,मानव ओसार पोसार, अवैध तस्करी जस्ता गतिविधिलाई नियन्त्रण गर्दै समाजमा शान्ती सुव्यवस्था कायम राख्ने विषयमा आ–आफ्ना ओजपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

संघका उपाध्यक्ष भरतबहादुर बिष्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.