महाकालीमा पानीको बहाव बढेपछि पुलमा चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक

हेल्लो समाचारदाता

कञ्चनपुर –

सीमा नदी महाकालीमा पानीको बहाव बढेपछि विहानैदेखि नेपाल–भारत जोडने वनवसा पुलमा चार पाङ्ग्रे सवारी साधान सञ्चालनमा रोक लगाइएको छ ।

आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकालीमा पानीको बहाव एक लाख १३ हजार क्यूसेक पुगेको छ । पुलमा एक लाख क्यूसेक पानीको बहाव पुगेपछि सवारी साधनमा रोक लाग्दै आएको छ ।

बिहानैदेखि नदीमा पानीको बहाव उच्च भएपछि पुल खुल्न नसकिएको आपतकालीन सञ्चालन केन्द्रका जनकराज पन्तले बताए । पुल नखुल्दा यात्रुका सवारी साधन पुल वारी र पारी लाम लागेर बसेका  छन। पैदल यात्रु, साइकल र मोटरसाइकल सवारका लागि भने पुल खुला रहेको छ ।

यसैगरी केन्द्रका अनुसार महाकालीको बहाव दार्चुलाको दतुमा ४ दशमवलव ५० मिटर र डडेल्धुराको परिगाँउमा ४ दशमलव ६२ मिटर छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.