धनगढी बम काण्डका घाइते सेरेला अस्पतालबाटै पक्राउ

हेल्लो समाचारदाता

धनगढी–धनगढीमा भएको बम बिस्फोटमा परि घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका सेरेलालाई उपचारपछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा अस्पतालबाटै प्रहरीले पक्राउ गरेको हो। उनको प्रहरीको निगरानीमै उपचार भईरहेको थियो। सेरेला प्रतिवन्दीत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए। यसअघि बम बिस्फोटमा परि घाईते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

बिस्फोट हुँदा धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाईते भएका थिए। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाउँदै आएको छ।

               – दिनेश खबरबाट साभार

Facebook Comments
Down to post ads-480-38

Comments are closed.