बैस र बुढेसकाल

       कविता

बैसमा लाग्छ पर्वतै बोकी ठमठमी हिडुला
बुढिदा शरीर भतभती पोल्दा फर्किन्छन पिडुला
न छोरी आफ्नो न छोरा आफ्नो बुढेस कालैमा
धरधरी रुदै डुबुल्की मार्दे आँशुको तालैमा !!!!

यो मोती जस्ता दात पनी भलर्छन, चाउरीन्छ यो गाला
सिरु झैँ फुल्छ यो कालो केश खुम्चिन्छ त्यो छाला
आखामा बादल कानमा पर्दा लाग्ने छ जिवनमा
साहरा दिए कसैले भने पुगीन्छ अाँगनमा !!!!

एकदिन यस्तो आउने छ शरीर लौँ थला पर्नेछ
न्गरी खानु न मरी जानु संसार बेकार छ
जिन्दगी एकदिन माटोमै मिल्छ हुदैन कुनै मोल
मानिस भएर जन्मीए पछी नगरौँ ठुलो भुल !!!!

गणेश ढुङ्गेल
पुनर्वास –६ ,ङ गाउँ ,टाउँन जाने बाटो ,ढुङ्गेल चोक

Facebook Comments
Down to post ads-480-38

Comments are closed.