अटो र जिप ठोक्किदा गम्भीर घाईते  एक जनाको मृत्यु

हेल्लो समाचारदाता

श्रावण २० धनगढी । 

धनगढीको निर्माणाधीन छ लेन सडकमा सोमबार विहान अटो र जिप ठोक्किदा घाईते भएका ३ जना मध्ये  एक जनाको मृत्यु भएको छ ।  गम्भीर घाइते भएका मध्ये धनगढी उप महानगरपालीका १७ का चनकलाल डगौराको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनायको छ ।

दुर्घटनामा परि गम्भीर घाईते भएका अन्य २ जना कोहलपुर रेफर गरियको छ भने अन्य ३ जना लाई डिस्चार्ज गरियको प्रहरीले जनायको छ । ना ३ स ५५६६ नम्बरको अटो र से १ च ८२३ नम्बरको ग्यास सिलिण्डर बोकेको जिप एक आपसमा ठोक्किदा अटोमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते, उर्मादेवी डङ्गौरा र रुपादेवी चौधरी रेफर गरियको हो ।    जिप चालक तारासिंह साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.