पुनर्वास सहकारीद्वारा दुग्ध कृषकहरुलाई अनुदान रकम हस्तान्तरण

हेल्लो समाचारदाता

पुनर्वास,१८ श्रावण । पुनर्वास,१८ श्रावण । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासकै पुरानो सहकारीको रुपमा परिचित एक सहकारीले दुग्ध कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।
पुनर्वास नगरपालिका–६, प्रतिभानगरमा रहेको पुनर्वास सहकारी संस्था लिमिटेडले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुनर्वास–६ को सभाहलमा दुग्ध कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरेको हो ।
पशुपञ्क्षी तथा मत्स्य विकास निर्देशनालय, सुदूरपश्चिम प्रदेश, दिपायलको सहयोगमा दुग्ध कृषकहरुका लागि यस सहकारीलाई दुई लाख अठार हजार आठ सय उन्नाईस रुपियाँ अनुदान प्राप्त भएको थियो । सो अनुदान रकम आर्थिक वर्ष २०७४/०७५ मा यस सहकारीमा दूध बिक्री गर्ने एक सय त्रिचालीस जना दुग्ध कृषकहरुलाई प्रति लिटर एक रुपियाँका दरले वितरण गरेको पुनर्वास सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले बताउनु भएको थियो ।
पुनर्वास सहकारी संस्थाका अध्यक्ष पर्शुराम बिश्वकर्माको सभाध्यक्षमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मनबहादुर गुरुङ्गको प्रमुख आतिथ्य रहेको थियो । भने बिशिष्ट अतिथिमा भेटेरेनरी तालिम केन्द्र कैलालीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. बसन्तबहादुर सिंह र पुनर्वास सहकारीका पूर्व अध्यक्ष स्थिरप्रसाद घिमिरे रहनुभएको थियो । त्यस्तै अतिथिमा पुनर्वास जनता माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज कापडी र कार्यपालिका सदस्य बिमला सापकोटा रहनुभएको थियो ।

सहकारीका उपाध्यक्ष विष्णु अर्यालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले गर्नुभएको थियो ।

कृषकलाई अनुदान रकम हस्तान्तरण गर्नु हुदै सहकारीका अध्यक्ष ज्यु

 

कृषकलाई अनुदान रकम हस्तान्तरण गर्नु हुदै कार्यक्रमका अतिथि तथा पुनर्वास जनता मा.वि.का अध्यक्ष ज्यु
कृषकलाई अनुदान रकम हस्तान्तरण गर्नु हुदै कार्यक्रमका प्रमूख अतिथि तथा पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष ज्यु

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.