बैतडीमा भिरबाट लडेर एकजानाको मृत्यु

हेल्लो समाचारदाता

साउन १८,बैतडी  । बैतडीमा भिरबाट लडेर एक जानाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ को भिटा भिरबाट लडेर  मृत्यु भएकाको पहीचान खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पाटनका निमित्त इन्चार्ज बिरभद्र खडायतका अनुसार  करिव २ सय मिटर तल भिटा भिरको बिचमा शव अट्कीएको अवस्थामा सव फेला परेको र पहीचान हुन नसकेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज  घास काट्ने महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.