पुनर्वासको शिक्षा क्षेत्रको लचकतालाई व्यवस्थित र गुणस्तरीय बनाउन अधिकृत तिरुवाको भुमिका उच्च :नगर प्रमुख थापा

हरिलाल जोशी

पुनर्वास,१६ श्रावण ।पुनर्वास क्षेत्रमा लामो समयबाट शिक्षा क्षेत्रमा देखिएको लचकतालाई शिक्षा शाखा पुनर्वासमा आएका अधिकृत तिरुवाले व्यवस्थित र गुणस्तरिय बनाउनमा उच्च भुमिका रहेको नगर प्रमुख जिवनराज थापाले एक कार्यक्रममा बताउनु भएको छ ।

बिहिबार पुनर्वास नगरपालिकाले आयोजना गरेको शिक्षा शाखाका अधिकृत रुपराम तिरुवाको बिदाई कार्यक्रममा नगर प्रमुख थापाले यस्तो बताउनु भएको हो।

पुनर्वास नगरपालिकाका प्रशासकिय अधिकृत धौलराम सार्कीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथीमा नगर प्रमुख जिवनराज थापा रहनु भएको थियो भने बिशिस्ट अतिथिमा उपप्रमुख शारदा बिष्ट धामी रहनु भएको थियो ।

बिशिस्ट अतिथिको आसनबाट बोल्नु हुँदै उपप्रमुख बिष्ट धामीले सानो अवधिमा पनि सबैको मन भित्र सहजै भिजेका शिक्षा अधिकृत तिरुवाले पुनर्वासमा हुँदा सम्म जे जति योगदान पुर्याउनु भयो आगामी दिनहरुमा पनि जुनसुकै क्षेत्रमा सरुवा भएपनी यश नगरपालिकाको शिक्षा क्षेत्रको बिकासमा आफ्नो अतुलनीय योगदान खर्चिनु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको बताउनुभयो ।

पुनर्वास शिक्षा शाखाबाट जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कञ्चनपुरमा सरुवा हुनुभएका शिक्षा शाखा अधिकृत तिरुवाको नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कार्यालयकै कर्मचारीहरुद्वारा बिदाई गरिएको थियो।

गत श्रावण २० गतेदेखि पुनर्वास शिक्षा शाखामा अधिकृतको रुपमा काम गर्दै आएका तिरुवाले आफ्नो एक वर्षे कार्यकालमा आफूलाई यस क्षेत्रमा काम गर्दा कुनैपनि बाधा,अडचन र अवरोध सिर्जना नभएको बताउनुभयो । उहाले भन्नुभो नँया क्षेत्रमा काम गर्न पुरानो क्षेत्र भन्दा निकै कठिनाई हुन्छ भन्ने केहि कर्मचारी साथीहरुले भन्ने गर्थे तर नँया क्षेत्र भएपनि मेरो आफ्नो कार्यकाल अवधी पुनर्वासमा निकै सहजतापूर्ण ढंगले बितेको बताए । कर्मचारी समायोजनका कारण पुनर्वास नगरपालिकामा एक वर्ष सम्म कार्यरत हुन पाउदा आफू निकै खुशी भएको पनि उनले बताउनुभयो ।

कार्यक्रममा बिदाई भइ अन्यत्र जान लाग्नु भएका शिक्षा अधिकृत तिरुलाई नगर प्रमुख ,उपप्रमुख र अन्य कर्मचारीहरुले मायाको चिनो ,ढाका टोपी,खादा,दोसल्ला र रमाना पत्र सहित बिदाई गरिएको थियो ।

नगरपालिकाका नायब सुब्बा गणेश राज जोशीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका प्राविधिक ओमनाथ ढकालले गर्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.