कैलालीमा अज्ञात समूहद्वारा जिपमा आगजनी

हेल्लो समाचारदाता
धनगढी, १७ साउन ।कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन् । गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलक बहादुर शाहीका जिपमा अज्ञात समूहले  आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घर अगाडी पार्किङ गरी राखेको  बा १५ च ४०९९ नम्बरको कारमा गए राति आगजनी भएको हो । गए राति करिब ११ बजे पछि जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
आगजनी वाट जिपको पछाडिको पुरै भाग जलेर क्षति भएको छ ।  कसले र किन जिपमा आगजनी गरेको हो भन्ने बारेमा खोजी तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरिले जानकारी दिए । उनले घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताए । ‘हामी अनुसन्धानमै छौँ’ उनले भने, ‘केही पहिचान हुन क्रममा छन् । हामी पक्राउ गर्छौँ ।’

Facebook Comments
Down to post ads-480-38

Comments are closed.