पुनर्वासमा अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

हेल्लो समाचारदाता
पुनर्वास ,१७ श्रावण । कञ्चनपुरको पुनर्वासमा अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी भएको छ ।

शुुक्रबार राती करिब डेढ बजेको समयमा पुनर्वास नगरपालिका–१०,विकासबस्तीमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

अगजनीबाट एनसेल टावर नजिकै रहेको जेनेरेटर र टावरसँग कनेक्सन भएको तारमा क्षति पुगेकोे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ ।


आगजनी कस्ले ग¥यो र किन ग¥यो भन्ने विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरिक्षक गोपाल बोहराले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.