डोटीमा अज्ञात समूहले एनसेलको टावर जलायो

हेल्लो समाचारदाता

डोटी, साउन १६ । डोटीमा बुधबार राति अज्ञात समूहले एनसेलको टावर जलाएको छ । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो ।

टावरमा मध्ये रातीको समयमा भएको आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस र्याक, ब्याट्री र्याक, एसइडिपी च्यानल लगाएतका सामानहरु जलेर क्षति भएको एनसेलका स्थानीय प्रतिनिधि मानसिं धामीले स्थलगत जानकारी दिए ।

आफूहरुलाई घटनाबारे बिहीबार बिहान मात्रै खबर भएको र जानकारी पाए लगत्तै घटनास्थल पुगेको र अहिले पनि घटनास्थलमै रहेको घण्टेश्वर प्रहरीचौकीका प्र्रमूख असइ करन सिं धामीले जानकारी दिए । उनकाअनुसार बुधबार बेलुका ५ बजेदेखि ९ बजेसम्ममा घण्टेश्वर प्रहरीचौकीबाट सुरक्षा दिइएको र रातीकाको समयमा टावर जलाइएको हो ।

पछिल्लो अवधीमा श्रावण महिनामा मात्रै डोटीमा दुइ स्थानीय तहमा एक–एक गरी दुइ वटा वडा कार्यालयमा आगजनी भएको छ भने अज्ञात समूहबाट आगजनी भएको यो तेश्रो घटना हो । घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.