गोदावरीमा छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यू

हेल्लो समाचारदाता

अत्तरिया, १३ साउन । 
कैलालीको गोदावरी नगरपालिका वडा नंम्बर ५ मा युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिकाको वडा नं ५ वारवाटामा छोरोले दाउराकोमा चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन् ।

३० बर्षका छोरा राम सिं कुमालले  चिर्पट प्रहार गर्दा आफ्नै बुवा ६० वर्षीय अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा समान्य घरायसि विवाद भए पछि छोरोले बुवा माथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारवाट गम्भिर घाईते भएका अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुञ्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । घटना पछि तुरुन्त घटना स्थलमा पुगेको  ईलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले हत्या गरी फरार रहेको छोरा राम सिं कुमाललाई दुई घण्टा मै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेको कुमाललाई घटना भएको २ घण्टा भित्रै गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अबस्थामा पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.