लागुऔषध ओसार्ने र सुनको सिक्री चोर्ने व्यक्ति पक्राउ

हेल्लो समाचारदाता

धनगढी, ११ साउन ।  जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध कारोबारमा संलग्न दुई र सुनको सिक्री चोर्ने एक गरी तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय रवि कुँपरलाई पक्राउ गरेको हो । उनको साथबाट ७४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, लागुऔषध ब्राउन सुगरसहित पक्राउ भइ कलाली जिल्ला अदालतबाट हतकडीसहित फरार भएका टीकापुर नगरपालिका–१ का विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । असार २५ गते एक ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका चौधरीलाई म्याद थपका लागि कैलाली जिल्ला अदालतमा लैजाँदा उनी अदालतबाटै फरार भएका थिए । कैलाली जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यसैबीच, सुनको सिक्री चोरेर फरार भएका धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय रामराजा शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनले सन्तोषी टोलका विद्या केसीले घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती चोरेर फरार भएको सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गराएको प्रहरीले जानकार िदिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.