शनिबारदेखि अवरुद्ध विद्युत नगर प्रमूखको पहलमा सुचारु

वडाध्यक्षद्वारा असहयोग भएको विद्युत कर्मचारीको आरोप

हरिलाल जोशी
पुनर्वास, ९ साउन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को ढकाल र अछामी टोलमा शनिबारदेखि अवरुद्ध विद्युत सेवा नगर प्रमुख जीवनराज थापाको पहलमा बुधबारबाट सूचारु भएको छ ।
लो भोल्टेज भएको भन्दै पुनर्वास नगरपालिका–७ का स्थानीयहरुले पुुनर्वास नगरपालिका–८ मा गएको विद्युतीय तार कटअप गरेपछि शनिबारदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।
शनिबार बिहानबाटै विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयहरुले पुनर्वास विद्युत फ्यूज सेवामा जानकारी गराएका पछि बिद्युतको टोली त्यस क्षेत्रमा गई सेवा सूचारु गर्न खोज्दा पुनर्वास–७, का स्थानीयहरुले विद्युतको तार आफ्नो ट्रान्सफर्मरबाट जोड्न नदिने भन्दैे काममा अवरोध सृजना गरेको पुनर्वास विद्युत फ्यूज सेवाका प्रमुख अर्जुन जोशीले बताए ।
स्थानियहरुले विद्युत जडानमा अवरोध सिर्जना गरेपछि बिद्युत कर्मचारीले प्रहरीको सहायतामा विद्युत सेवा सुचारु गरेका पनि सुचारु गरेको केहि मिनेटमै विद्युतमा पुनः स्थानीयहरुद्वारा विद्युत अवरोध हुन पुगेको पुनर्वास विद्युत फ्यूज सेवाका प्रमुख जोशीले बताए ।
विद्युत कर्मचारीहरुले दुवै वडाका वडा अध्यक्षहरुलाई समन्वय गरेर विद्युत सुचारु गर्नमा सहयोगका लागि अपिल गर्दा पुनर्वास–८ का वडा अध्यक्षसँग चाहि सम्पर्क हुन नसकेको र पुनर्वास–७ का वडा अध्यक्षलाई विवाद स्थलमा आउनका लागि आग्रह गर्दा उनले “बुवा बिमारी छन्, म आउन सक्दिन स्थानीयहरुले जे भन्छन् त्यै गरिदिनु होला” भन्दै जवाफ दिएको बिद्युत कर्मचारीहरुले बताए । अध्यक्षबाट असहयोगको वातावरण सिर्जना भएकोे देखेपछि आफूहरुको पनि काम गर्ने मनोबल गिरेको विद्युत कर्मचारीहरु बताउँछन् ।
प्रहरीकै सामू बिद्युत पोलमा चढ्नेलाई बलि चढाउछौ भन्ने जस्ता अपशब्द स्थानियहरुले प्रयोग गर्न थालेपछि बिद्युत कर्मचारीहरुको मनमा त्यस क्षेत्रमा एक्लै जान त्रास उब्जेको सम्बद्धश्रोतले बतायो ।

करिब एक सय दश घरधुरीहरुमा पाँच दिनसम्मको अन्धकारलाई नगर प्रमूख थापाको पहलले पुनः उज्यालो बनाएपछि स्थानीयहरु हर्षित हुँदै नगर प्रमूख थापाप्रति कृतज्ञतासमेत प्रकट गरेका छन् ।
वर्षायामको समयमा विद्युत नभएका कारण आफूहरुलाई केहि दिन देखि सर्प, कीरा जस्ता विषालु जिवहरुको निकै डर थियो आजबाट त्यो डरबाट आफूहरुलाई नगर प्रमूखले मुक्त गराउनुभयो भन्दै स्थानिय लक्ष्मण भुषालले खुशी ब्यक्त गरे ।
पुनर्वास–७ को ट्रान्सफर्मरबाट पुनर्वास–८, का लागि विद्युत जडान गर्न नदिने भने पछि स्थानियहरुले वडा कार्यालयबाट सिफारिस बनाई स्थानियहरुले आफ्नै ढुवानी खर्चमा नयाँ ट्रान्सफर्मर अत्तरियाबाट ल्याएका थिए । तर अहिले समय अभाव भएका कारण बेलौरी बिद्युत बितरण केन्द्रका प्रमूख सुुनिलकुमार शाहले एक महिना भित्रै सो टोलमा नयाँ ५० केभीको विद्युतीय ट्रान्सफर्मर जडान गरिदिने बताए ।
सो विद्युतीय विवाद समाधानका लागि सुदूरपश्चिम प्रदेशका प्रमूख सचेतक तारालामा तामाङ र जिल्ला समन्वय समितिका अध्यक्ष फैरु तामाङ पनि सो दुई वडा अन्तर्गतको विद्युतीय विवाद सुल्झाउन त्यस क्षेत्रमा पुगेका थिए । तर स्थानीयहरुसँग उहाँहरुको पनि भनाई नलागेपछि विद्युत अर्को तर्फबाट जडान गरि विद्युत सञ्चालनमा ल्याएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.