पुनर्वासमा ब्रोईलर कुखुरा बरामद गरी नष्ट

प्रहरीको सक्रियता बढेपनि तस्करी भने रोकिएन

हरिलाल जोशी
पुनर्वास, ९ साउन ।
कञ्चनपुरको पुनर्वासबाट भारतीय अबैध ब्रोईलर कुखुरा बरामद गरी नष्ट गरिएको छ ।
पुनर्वासको खुल्ला नाका प्रयोग गरि अबैध रुपमा धनगढी तर्फ लैजादै गरेको ८० किलो अबैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीद्वारा बरामद गरिएको अबैध ब्रोइलर कुखुरालाई स्थानिय, पत्रकार र ब्यापारीको रहोवरमा बुधबार नै नष्ट गरिएको छ ।
भारतीय अबैध ब्रोईलर कुखुरा नियन्त्रणमा केही दिन यता प्रहरीले आफ्नो सक्रियता निकै बढाए पनि अबैध ब्रोइलर कुखुरा, मासु र मासुजन्य पदार्थको तस्करी भने रोकिएको छैन ।
केही दिन अघि मात्रै धनगढी तर्फ लैजादै गर्दा पुनर्वास–१० स्थित दोदा पुल नजिकै बाट डेढ क्विन्टल र तयार गरी लैजादै गरेको ब्रोईलर कुखुराको मासु गन्हाएको अवस्थामा एसी ट्रकसहित पुनर्वास–६, आई.बी.आर.डी.बाट प्रहरीले बरामद गरेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.