राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता : छलकपट र जालझेलको अनुपम नमूना

पुनर्वासकी स्वर्णपदक बिजेता सलिना प्रदेश स्तरीय खेलबाट बञ्चित

हरिलाल जोशी
कञ्चनपुर,२ साउन–राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा छलकपट र जालझेलको अनुपम नमूना भएको भन्दै यतिखेर पुनर्वासीले सम्बन्धित निकायलाई आलोचना गर्नुको साथै निक्ष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

कञ्चनपुरमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी पुुनर्वासकी सलिना मल्ललाई प्रदेशह स्तरीय खेलबाट बञ्चित गराँउन अनेकन छलकपट र जालझेल भएको ठहर गर्दै पुनर्वासीले निष्पक्ष छानविनको माग समेत गरेका छन् ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा असार २२ र २३ गते सञ्चालन गरिएको जिल्ला स्तरीय खेलमा स्वर्ण पदक प्राप्त गरेकी पुनर्वासकी सलिना मल्ल प्रदेश स्तरीय खेलबाट बञ्चित बन्न पुगेकी हुन् ।

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको ८०० मिटर दौडमा स्वर्ण पदक प्राप्त गरि विजेता बनेकी सलिनालाई प्रदेश स्तरीय खेलबाट बञ्चित गर्नुले यति बेला कञ्चनपुरको दक्षिणीक्षेत्रमा यो विषय निकै चर्चामा चुलिएको छ ।
जिल्ला स्तरीय खेलको खुला प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी सलिनाले आफू माथी ठुलो अन्याय भएको भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले भनिन् खुला प्रतिस्पर्धामा जिल्लामै आफू विजेता बन्दा पनि राजनितिक खिचातानीका कारण प्रदेश स्तरीय खेलबाट आफू बञ्चित हुन पुग्दा अहिले आफूलाई विजेताको आभास नै नभएको बताईन ।राज्यले नै सौतेनी व्यवहार देखाएको कञ्चनपुरको दक्षिणीक्षेत्र जिल्लाबाट पनि अवहेलित भएपछि जिल्ला स्तरीय कुनैपनि खेलमा दक्षिणीक्षेत्रका खेलाडीहरु सहभागी नहुनु नै बेस हुने उनले बताईन ।
सलिना पुनर्वास नगरपालिका–६ स्थित श्री जिवन ज्योती माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । र सो विद्यालय पुनर्वास नगरपालिकाकै राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यालय हो ।

सलिना अध्ययनरत विद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले जिल्लाबाट स्वर्ण पदक बिजेता बनेकी सलिनालाई प्रदेश स्तरीय खेलमा सहभागी नगराउनुमा निकै ठुलो छलकपट भएको बताए । यस्ता छलकपटका कारण सलिना जस्ता प्रतिभावान खेलाडीहरुको ईच्छा शक्ति कमजोर हुने र खेलप्रति खेलाडीको नकारात्मक दृष्टि हुने हुँदा सम्बन्धित निकायहरुले समयमै खेलाडी प्रति निष्पक्ष र न्योचित व्यवहार देखाउन संयमित हुन जरुरी रहेको बताए । धनगढीमा हुनुपर्ने प्रदेश स्तरीय खेललाई महेन्द्रनगरमै गराएको र आफूहरुलाई सो खेलमा सहभागीका लागि कुनै पत्राचार नै नगरेको प्रधानाध्यापक बस्नेतले बताए ।

सलिना माथी भएको छलकपटको विषयमा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिकाका प्रमूख गोपाल भट्टसँग बुझ्दा यसमा छलकपट भन्दा पनि प्रदेशका लागि छनौटमा परेका खेलाडीलाई खान,बस्नको सुविद्या छ । तपाईहरु कतै नजानुहोला भनेर जानकारी पनि सबैलाई गराएका हौ । यताबाट पुनर्वासका खेल शिक्षकलाई खेल असार २८ गते महेन्द्रनगरमा हुने भनेर जानकारी गराएको बताएपनि प्रधानाध्यापक बस्नेतले भने जानकारी नगराएको बताए । कदम कदाचित उहाँहरुलाई फोन सम्पर्क गर्दा अन्त कसैलाई पो सम्पर्क भएको होकी भन्ने विषयमा भने आफूलाई त्यति अनविज्ञता भएको जिकिर गरे । वर्षायाममा हतारका कारण खेलहरु भएको हुँदा गल्ती भएको हुनसक्छ ,यस कुरालाई उग्ररुप नबनाई दिन उनले अनुरोध गरेका छन् ।

आफ्ना नगरका यस्ता प्रतिभावान खेलाडीप्रति जिल्लाले देखाएको गलत व्यवहार प्रति पुनर्वास नगरपालिकाका नगर प्रमूख र उपप्रमूखले पनि यस विषयमा न्यायोचित छानविन होस भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै यति खेर स्थानिय स्तरमा आयोजक प्रति आक्रोश बढ्दो र खेलको निष्पक्षताप्रति विश्वसनीयता घट्दो क्रममा छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.