बेलडाँडीमा विद्युत फ्यूज सेवा स्थापना हुने

हेल्लो समाचारदाता

बेलडाँडी, असार २८ –नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले बेलडाँडीमा फ्यूज सेवा स्थापना गर्ने भएको छ ।  प्राधिकरण बेलौरी वितरण केन्द्रले बेलडाँडीमा फ्यूज सेवा स्थापना गर्ने बेलौरी वितरण केन्द्रका प्रमुख शुनिल कुमार शाहले बताउनु भयो ।

प्रमुख  शाहले बेलौरी सेवा केन्द्रमा कर्मचारी कम भएको भन्दै केहि दिनमै बेलडाँडीमा फ्यूज सेवा स्थापना गरी बेलडाँडी बाट सेवा दिन लागेको बताउनुभयो । उहाँका अनुसार अहिले कर्मचारीको अभाव भएको केहि दिनमै कर्मचारी पुग्ने भएको बताउदै तुरुन्तै बेलडाँडीमा फ्यूज सेवा स्थापना गर्ने जानकारी गराउनु भयो ।

आफु बेलौरीमा ईन्चार्ज भइ काम गरेको केहि दिनमै काममा चस्तता ल्याएको दावी गर्दै यस सेवा अन्तरगतका सबै समस्या समाधान गरेर छोड्ने बताउनु भयो । पहिले ७ एमबीले यस क्षेत्रमा काम गरिरहेको अहिले ७ को ठाउँमा २४ एम बि को ट्रान्समिटर राख्ने तयारी भएको जनाए ।

यो जडान गरेर यहाँका धेरै समस्या टरेर जाने बताउनु भयो । बेलौरी वितरण केन्द्र अन्तरगत गत महिनाको २३ गतेको हावाहुरीले १५० विद्युत पोल २५ लाख बराबरको क्षतिपुगेको बताए ।बेलौरी वितरण केन्द्रले केहि दिनमै अति विपन्न तथा संस्कृत सम्पदा, मन्दिर, चर्च, गुठी, मस्जित, आदीलाई निःशुल्क मिटर वितरण गर्ने भएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.