अछाममा ट्रकको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु

हेल्लो समाचारदाता

अछाम, २७ असार ।अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलवार नगरपालिका वडा नः ५ निवासी भरत भण्डारीकी ४ बर्षिया छोरी अस्मीता भण्डारीलाई वडाको किर्तिपुरमा ठक्कर दिदा मृत्यु भएको हो । अछामबाट नेपालगञ्जकालागि गएको ना ६ ख ४४५२ नम्बर को ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  चालक वर्दियाको मदुबन नगरपालिका ४ का ४२ बर्षिया तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.