पुनर्वासमा खेलकूदको विकासक्रम

पुनर्वास क्षेत्रको खेलकूद विकासको ईतिहासलाई मध्य नजर राखि स्मरण गर्ने हो भने, अध्यारो अवस्थालाई, उज्यालो र सुनौलो विहानीको रुपमा परिमार्जन गर्न एउटा जटिल कालखण्ड र अनेकौ मोडहरुलाई छिचोलेर कहाली लाउदो समस्याहरु पन्छाउदै अहिलेको स्थितिसम्म आईपुग्न चानचुने कुरा होईन यसका गहन विषय र यथार्थ चित्रणको समसामयिक रुपरेखा यहाँहरु समक्ष पस्कन यो लेखबाट जमर्कोको गर्न लागिएको छ ।
सर्वप्रथम त तत्कालीन राजा महेन्द्रको दुरदर्शिता भनौ या राजा विरेन्द्रको निरन्तरताको प्रतीकले छिमेकी मित्र राष्ट्रहरु भारतको विस्तारवाद र हेपाह प्रवृतिका कारण नेपालको दक्षिणि भू–भागबाट दिनानु दिन सीमा अतिक्रमण गर्ने क्रम अगाडी बढाईरहेको कार्यप्रति सजगता अपनाउदै तत्कालीन अवस्थामा यातायात र आवागमनको असुविधाका कारण सुदूरपश्चिमाञ्चल कर्णाली वारीका, कैलाली र कञ्चनपुर मातृभूमी नेपालको छुटै मुलुक वा प्रान्तका रुपमा परिचित भएको पाईन्थ्यो र त्यसै सन्दर्भलाई बुद्धिमतापूर्वक अनुभूत गरी नेपाल, भारतको सु.प.को कैलाली, कञ्चनपुरको सीमावर्ती क्षेत्रहरुमा पुनर्वास गराउने तत्कालीन सरकारले निर्णय गरी रेडियो नेपालद्वारा अधिराज्यभरीका अव्यवस्थित बसोबासित, बाढिपीडित जनताहरुलाई तथा वर्मा आसामका नेपाली प्रवासीहरुलाई जग्गा वितरण गर्ने सूचना प्रवाह गरेपश्चात नेपाल अधिराज्यका सबै स्थानहरुबाट जग्गा प्राप्त गर्न धमाधम मानिसहरु आउन थालेको पाईन्छ । नेपाल सरकारको स्वामित्व रहेका नेपाल पुनर्वास कंपनी लि. मार्फत सुकुम्बासीहरुलाई २०२८ सालमा जग्गा वितरण सुरु गरेको उदाहारण छ भने तत्काल कम्पनीले, क, ख, ग, घ, ङ र च गाउँ, (रेगुलर पुनर्वास) भनि, १÷१ विगाह जमिन वितरण गरेको र पछि, आई.बी.आर.डी. (ईन्टरनेशनल बैंङ अफ रिकन्सट्रक्सन फर डेभलपमेन्ट) को कर्जा लगानी अन्तरर्गत अरनिकोबस्ती, रामबस्ती, अंशुबर्माबस्ती, बलभद्रबस्ती, मयुरबस्ती नामक बस्तीहरुमा जग्गा वितरण भएको थियो ।

दानबहादुर शाही
पुनर्वास, कञ्चनपुर

कंपनीबाट बितरित यस पुनर्वास क्षेत्रका अधिकांश जमिन घनघोर जंगलभित्र नापनक्सा गरी वितरण भएबाट, नम्वरिङ्ग गरी प्लटिङ्ग गरिएका जग्गाहरु पत्ता लगाउन कठिन र झाडी र खडा ठूला–ठूला रुखहरुले आवास र खेतीपाती गर्न अत्यन्त कठिनाई र एक बस्तीबाट अर्को बस्तीमा जाने बाटो घाटो अभाव खानाको लागि कंपनीले उपलब्ध गरेको मैदा, पाउडर दूध र डाल्डा घिउँ खान पथ्र्यो, पिउने पानी, आकाशबाट परेको पानीबाट जमेको ताल तलैया र नालाको पानी प्रयोग गर्न पथ्र्यो या त सीमावर्ति भारतको रानी नगर ४÷५ कि.मि. मा जान बाध्यता हुन्थ्यो । आयआर्जनका लागि खेती नहुँदा, भारतमा दाउरा बेचेर, लुगाफाटा लगाउने जामेशो गर्नु पर्ने र चामलको भात खाने रहर त सपना देखे जस्तै थियो । यसरी अनकन्टार जंगलमा अग्ला–अग्ला रुखहरुले भुईमा सूर्यको किरण पनि नछिर्ने घनघोर जंगलभित्र अल्पिएर अनेकौ दुःख कष्ट, आपत–विपत हिंसात्मक जनावरबाट ज्यान जोगाउन पर्ने कष्टकर जीवन व्यतित भैरहँदा बिस्तार –बिस्तार, झाडी र रुखहरु कटान भएपछि, बस्ने घर, बाटा धाराहरु एक बस्तीबाट अर्कोबस्ती जानको लागि केहि सुविधाका ढोकाहरु खुल्न थाले तत्पश्चात गाउँ–गाउँमा अस्थायी. प्राथमिक विद्यालयहरु स्थापना कार्य ः अगाढी बढाउने, शीलशीला केही शिक्षा प्रेमी, समाजसेवी व्यक्तिहरु सरकारको सहयोग विना स्वार्थ सेवक भै पठन–पाठन गराउने असल कार्यको थालनी भयो र त्यसपछि, शिक्षकको तलबका लागि बस्तीका बसोबासीहरुबाट चन्दा संकलन गरी विद्यालय सञ्चालन गर्ने पवित्र विचारको उदय भयो ।
अहोरात्र कामैकामको भूमरीमा पिल्सिदै अतालिएका पुनर्वासी जनता दुःख र पीडासँगै सुख र मनोरञ्जनका अनुभुति गर्ने हजारौ स्वरहरुको प्यास मेट्न र दुःखलाई खुशीको अनुभूतिमा बदल्नका लागि केहि शिक्षित व्यक्तिहरुबाट समय अनुकूलको दुःख पीडाका आवाजलाई मस्तराउन तत्कालमा, मनोरञ्जन दिने सिनेमा हल, भिडियो नभएको अवस्थालाई दृष्टिगत गरी फुटबल, भलिबल र संस्कृति र कलाको माध्यमबाट प्यासी जनताहरुको मन बहलाउने एक साधनका रुपमा अवलम्वन गर्ने सु–प्रयास प्रारम्भ भयो र फुटबल खेल र सांस्कृतिक प्रोग्राम सञ्चालन गर्न मेरो संयोजकत्वमा, सहयोगी विश्वनाथ विष्ट, स्व धु्रवप्रसाद घिमिरे, स्व.गीता घिमिरे, स्व.हरिप्रसाद लम्साल, स्व. भरत तिवारी, तीलबहादुर वि.क., प्रेमकुमारी क्षेत्री, स्व. गोपाल खवास, आदि कलाकारकहरुबाट बदलिदो अकाश नामक नाटक र मद्वारा रचित “नखाऊ बाबा, छोरीको धन स्वर्ग जाने मूलबाटो नथुन” भन्ने क्रन्तिकारी गीत, नृत्य संगीत लाईभ कार्यक्रमहरु भानुबस्ती ः ग गाउँ र त्रिभुवनबस्ती ङ गाउँ र बुद्धबस्ती च गाउँमा भव्यताका साथ सांस्कृतिक कार्यक्रम सञ्चालन भयो र हाजारौं दर्शकहरुको अपार प्यार र मायाबाट कार्य सम्पन्न भइ पुनर्वासको इतिहासमा गीत संगीत, मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको यसरी उदय भएको थियो ।
त्यसै गरी २०२९÷३० सालमा मेरै संयोजनकारी भूमिका तथा सहयोगी विश्वनाथ विष्ट, मोतिबहादुर तिवारी, स्व. भरत तिवारी, स्व. हरिप्रसाद लम्साल आदि खेलप्रमीहरुद्वारा गाउँ स्तरीय प्रथम फूटबल खेलको आयोजना भयो र हजारौ खेलप्रेमी जनसमुदायहरुको सकरात्मक साथले २०३०÷३१ सालमा भानु युवा खेलकूद विकास समितिको जन्म भयो र प्रथम अध्यक्ष स्व. विष्णुबहादुर मल्ल द्वितीय अध्यक्ष जीवनराज थापा (पुनर्वास नगरपालिकाका मेयर), तृतीय अध्यक्षता मेरो रहन गयो भने र चतुर्थ अध्यक्षमा पदम पुजरा आदिबाट क्लव सञ्चालन हुदै आईरहेको अवस्था छ भने यो क्लब स्थापना पश्चात् जिल्ला क्षेत्रीय र राष्ट्रिय स्तरसम्म खेलाडीहरु फुटबल भलिबलमा ख्याती प्राप्त गर्न सफलिभूत भइ पुनर्वास क्षेत्रमा सर्वप्रथम दर्ता हुने क्लबमा भानुयुवा क्लब अग्रपंतिमा रहनुका साथै अन्य क्लबहरु स्थापना गर्नमा ठूलो प्रेरणा दिने क्लबको रुपमा परिचित हुदै आएको छ । साथै राम युवा क्लबका खेलाडी कृष्ण तामाङ, फुर्पा लामा तामाङ, फैरु तामाङ (हाल जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक), तारा लामा तामाङ – हाल सांसद एबं प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक), बुद्धि लामा आदिलाई भानुयुवा क्लबद्वारा प्रशिक्षित गरिएको थियो ।

“शिलालेखमा आफ्नो नाम कुदिएपछि पुनर्वासको खेलजगतका लागि आफुले केही गरेको जस्तो अनुभूती भयो, पुनर्वासको खेलकूदको संसारमा एउटा संस्कारको सार थपे जस्तै मलाई अपार खुशीको अनुभूत भयो । खेलकूदको इतिहासमा पुनर्वासका लागि गन्नै पर्ने मलगायतका अन्यब्यक्तिहरुले आज सिंगो पुनर्वासलाई गौरब र शानको दस्ताबेजमा ल्याएर उभ्याएको देखिन्छ ।”

यति मात्र नभई २०२९ सालमा शिक्षक पदम बहादुर थापाको संयोजकत्वमा म लगायत सहयोगी स्व. किर्तिबहादुर मल्ल, गजेन्द्र केशरी अधिकारी, शोभाकान्त शर्मा, विश्वनाथ विष्टल आदिबाट तत्कालीन गौरी शंकर प्रा.वि. को प्रांगणमा गण्डकी र बैतडी टिमको प्रथम भलिबल खेल संचालित भयो र भलिबल खेलमा दोस्रो पिढी जन्माउने पथ प्रदर्शकको रुपमा प्रेरणाको श्रोत बन्न सफल भै पुनर्वास क्षेत्रमा भलिबल खेलको विकाशमा टेवा पु¥याउन उपस्थित दर्शकहरुको व्यापक समर्थनले यसले अग्रगति लिएको र मनोरञ्जन दिलाउने एउटा मूख्य माध्यम भएको प्रमाण साबित भयो ।
२०४६ सालको जनआन्दोलन पछि देशमा प्रजातन्त्र स्थापना पछि बीरेन्द्र शिल्ड प्रतियोगिता आयोजना गरी कञ्चनपुर जिल्ला भरिका विद्यालयहरुको भलिबल र अन्य एथ्लेटिक्स खेलहरुमा सहभागिता जनाउने क्रममा पु.ज.उ.मा.वि.त्रिभुवनबस्तीले जिल्ला भरिमा प्रथम भलिबल खेलको उपाधी उचाल्न सफल भएको थियो त्यस खेलको टिम क्याप्टेन जीवनराज थापा सहयोगी कर्णबहादुर रोकाया, जयसिंह रोकाया, कर्णबहादुर धामी, धौलबहादुर रोकाया, टेकबहादुर धामी, स्व. प्रेमबहादुर धामी आदिको नेतृत्व तथा असल भूमिकामा यस क्षेत्रमा भलिबल जगतमा उल्लेखनीय उपलब्धी हासिल गरी प्रशंसनीय बन्न पुगेको रेकर्ड जगजाहेर नै छ ।
भानु युवा खेलकुद विकाश समितिले फुटबल भलिबल खेललाई मात्र प्रश्रय नदिई शिक्षा, स्वास्थ्य, हाजिरजवाफ प्रतियोगिता, बक्तित्वकला, कविता बाचन, र वातावरण चेतनामूलक, जातीय विभेद, महिला विभेद, दाइजोप्रथा, चेलिबेटी बेचबिखन रोक्ने अभियान सञ्चालन कार्य अगाडी बढाएको थियो क्लबले सारेको असल कामको मूल्यांकन गरेर जिल्ला भरिका क्लबहरुमध्येबाट एन.पि.लाप संस्थाले पहिलो प्राथमिकतामा राखि जिल्ला भरिका क्लबहरुलाई ओर्कसप सञ्चालन गर्ने शुभ अवसर समेत प्रदान गरेको थियो । यति मात्र नभइ भानु युवा क्लबले एउटा अभूतपूर्ण शौभाग्य समेत प्राप्त गर्न सफल भएको छ, जुन नेपाल अधिराज्य भरमा कहि कतै अहिलेसम्म पनि महामहिम राष्ट्रपति रामबरण यादब जस्ता महापुरुषद्वारा फुटबल खेल उद्घाटित भएको यस्तो सुनौलो अबसर अन्यत्र सायद नहोला ।
साथै यु.एस.आई.डी. संस्थाले भानु युवा क्लबको अध्यक्षता निर्वाह गर्दै गर्दा मलाई महिला सशक्तिकरणका लागि क्षेत्रिय स्तरका महिला खेलाडीहरुको सहभागिता गराई राष्ट्रिय स्तरका महिला खेलाडी उत्पादन गर्ने अवसर जुट्यो । पुनर्वास क्षेत्रका महिलाहरुलाई भानु युवा क्लबका फिल्डमा ३ महिने तालिम (प्रशिक्षण) दिई पूर्ण जिम्मेवारीपूर्वक कार्य सम्पादन गरेको हुँदा २०६९ सालको राष्ट्रिय महिला फुटबल खेलमा नवलपरासीमा कञ्चनपुरको तर्फबाट टिम म्यानेजरको रुपमा म उपस्थित भएँ र उक्त राष्ट्रिय खेलमा असल अभिभावकत्वको भूमिका निर्वाह गरेको र खेलकुद जगतमा पु¥याएको पवित्र योगदानदाई मूल्यांकन गर्दै बेलौरीमा भएको रेडबुल जिल्ला स्तरीय फुटबल प्रतियोगितामा जिल्ला फुटबल संघका अध्यक्ष भिमबहादुर थापाको बाहुलीबाट दोसल्ला र कदर पत्रले सम्मानित समेत भएँ । साथै भानु युवा खेलकुद विकास समितिको नाउँमा भएको अन्दाजी अढाई बिगाह जमिन मेरै संयोजकत्वमा पुष्पराज हडखोले, विरेन्द्रबहादुर शाही आदि व्यक्तित्वले तत्कालीन तानाशाही राजतन्त्रको निरङकुश शासनकालमा बढो दुःख कष्ट जेलनेल र सजाय भोग्दै खेलमैदान संरक्षणमा योगदान पु¥याउनुका साथै बेला बेलामा सुकुम्बासीहरुले जग्गा अतिक्रमण गर्न लाग्दा ग्राउण्डको संरक्षणमा ठूलो संघर्ष गर्न परेको इतिहास साक्षी छ । २०४७ सालमा युवा तथा खेलकूद मन्त्रालयबाट १५ लाख बजेट विनियोजन गरी अधुरो योजना डि.पि.सि. सम्मको आधा कार्य मेरै अध्यक्षतामा उपभोक्ता समितिले इनडोर गेम खेल्ने कबर्डहल निर्माण ग¥यौं र यस वर्ष सांसद विकास कोषबाट रु. २० लाख रकम विनियोजित भई उक्त कार्य सम्मपन्न हुने लक्ष्य रहेको छ ।
फुटबल, भलिबलतर्फ भानु युवा क्लबबाट उत्पादित राष्ट्रिय खेलाडीहरु फुटबलमा मलगायत, प्रेम बहादुर थापा, चन्द्रमोहन वि.क., दिलबहादुर गुरुङ, स्व. कविन्द्र तामाङ र भलिबलतर्फ मलगायत जीवनराज थापा, मधुविलास अधिकारी, पे्रमबहादुर थापा, जयसिंह रोकाया रहनु भएको छ यतिमात्र नभई वहाँहरुले खेलकुद क्षेत्रमा पुनर्वास भरिका यूवाहरुलाई फुटबल र भलिबल खेलमा मेरो र वहाँहरुको नेतृत्वमा धनगढी, कैलाली, नेपालगञ्ज, हेटौडा, काठमाडौँ, भारतको पलिया, बरेली, गोण्डा, बसही र सम्पूर्णानगरसम्म फुटबल, भलिबल, खेल्ने क्षेत्रीय र राष्ट्रिय खेलाडीका रुपमा सहभागी गराई पहिलो दोस्रो स्थान हासिल गरी खेलजगतका लागि पुनर्वास क्षेत्रमा किर्तिमान राख्न सफल हुनु भएको देखिन्छ । साथै २०६४÷०१÷१३ गते नेपाल सरकारबाट कञ्चनपुर जिल्ला खेलकूद विकास समितिको उपाध्यक्ष जस्तो गरिमय पदमा राजनितिक नियुक्ती भई ३ बर्षे कार्यकाल पूरा गर्ने मलाई अवसर जुट्यो । उक्त कार्यकाल भित्र खेलकुद विकासमा उल्लेखनीय र प्रशंसनीय काम जस्तै ५ कट्टा अतिक्रमित जमिनलाई सदुपयोग गरि उक्त ५ कट्टा जमिन ओगट्ने गरि खेलाडी, प्रशिक्षक र प्रशासनिक कर्मचारी एवं आगन्तुक पाहुनाहरुको सुविधाका लागि २०६४÷०९÷२३ गते होस्टेल निर्माण कार्यलाई पूर्णता दिन सफल भएँ । उक्त होस्टेल निर्माण कार्य उपभोक्ता समिति उपाध्यक्ष पदमा योगदान पु¥याए वापत शिलालेखमा आफ्नो नाम कुदिएपछि पुनर्वासको खेलजगतका लागि आफुले केही गरेको जस्तो अनुभूती भयो, पुनर्वासको खेलकूदको संसारमा एउटा संस्कारको सार थपे जस्तै मलाई अपार खुशीको अनुभूत भयो । खेलकूदको इतिहासमा पुनर्वासका लागि गन्नै पर्ने मलगायतका अन्यब्यक्तिहरुले आज सिंगो पुनर्वासलाई गौरब र शानको दस्ताबेजमा ल्याएर उभ्याएको देखिन्छ ।
भानु युवा क्लबको सदासहायताबाट स्थापनाकालदेखि हालसम्म आईपुग्दा उपलब्धीपूर्ण, सफलताहरु चुम्न पुगेको र फुटबल, भलिबल र सांस्कृतिक कला एवं संगीत क्षेत्रमा मेरो नेतृत्व र कलाप्रेमी, खेलप्रेमीहरुको साथ र सहयोगमा राष्ट्रिय स्तरका खेलाडीहरु र कलाकारहरु उत्पादन गर्ने कार्यहरु हामी परिचित भै राष्ट्रलाई दक्ष खेलाडी दिने कार्यमा समेत टेवा पु¥याई आएको देखिन्छ । फलस्वरुप राष्ट्रिय स्तरको कलाकारमा मलगायत, शेरबहादुर गुरुङ, रामबहादुर दाहाल, इन्द्रामणि चापागाई, गणेश वि.क., नारद वि.क., रवि लामीछाने, राम नेपाली, रेनु के.सी. सगुन तामाङ, सविना पौडेल, युवराज सुनार परिचित भईसक्नु भएको छ । २०६७÷०६८ साल यता आएर भलिवल प्रतियोगिता खेलमा क्लब स्तरीय नभै स्पेशल चाड पर्व र विद्यालयको वार्षिक उत्सवहरुमा मात्र प्रतियोगिताको आयोजना गराईने भएकाले भलिबल खेलमा उत्साहजनक उपस्थिति नदेखिनुले कमी आएको हो की भन्ने कुरा अनुमान गर्न सकिन्छ । यसै गरी पुनर्वास क्षेत्रमा फुटबल खेलमा पनि पूर्व अवस्था भन्दा उत्कृष्ट खेलाडी उत्पादन गर्ने क्रम निम्न हुँदै आएको छ जस्तै २०६७÷०६८ साल पूर्व जिल्लाभरिबाट महिला तर्फ १२÷१३ जना महिला फुटबल खेलाडी र पुरुषबाट ७÷८ जना खेलाडी क्षेत्रीय र राष्ट्रिय स्तरका दक्ष खेलाडी छनौट हुन्थे भने अहिले आएर त्यो क्रम खस्केको स्थिति देखा परिरहेको छ जसमा पुनर्वास क्षेत्रबाट जिल्लास्तर छनौट प्रतियोगितामा २÷३ जना खेलाडी पर्न पनि गाह्रो भैरहेको अवस्था छ । यसको अर्को मुख्य कारण यस क्षेत्रका क्लबहरु र जिल्लामा पद धारण गर्ने व्यक्तिहरुले खेलाडी प्रति बढि चासो नदेखाउनुको खास कारण हुन सक्छ । साथै पुनर्वासका खेलाडीहरुको खेलस्तर उकास्नका निम्ति निम्न कुराहरुमा ध्यान पु¥याउन आवश्यक देखिन्छ ।
पुनर्वास क्षेत्रमा खेलकुद विकासलाई अगाडी बढाउन तपसिल बमोजिमका कार्यहरुमा सुधार गर्नुपर्ने आवश्यक देखिन्छ ।
१) पुनर्वास क्षेत्र भरिका प्रत्येक विद्यालयहरु र क्लबहरु बीच फुटबल, भलिबल, खेलहरुको व्यापक सहभागिता गराई समय–समयमा स्थानीय तह गाउँपालिका, नगरपालिका स्तरिय छनौट प्रतियोगिताहरु आयोजना गर्नुपर्ने ।
२) खेल सामग्री र खेलमैदान नाप, स्केलबमोजिम स्तर उन्नति गर्नुपर्ने ।
३) राष्ट्रिय र जिल्ला स्तरीय दक्ष प्रशिक्षकहरुद्वारा खेलाडीहरुलाई उचित प्रशिक्षकको व्यवस्था हुनुपर्ने ।
४) खेलकूदमा अनुशासन, विकाश र गतिशीलताको सह–अस्तित्वको भावना बिना असल र उत्कृष्ट खेलाडी बन्न नसकिने हुँदा खेलमा अनुशासन अत्यन्त महत्वपूर्ण अंगको रुपमा मानिन्छ र खेलाडी अति अनुशासित हुनु जरुरी छ ।
५) फुटबल, भलिबल, सामुहिक खेल भएका कारण खेलमा टिमको एकल व्यक्तिगत धारणा नभै सामूहिक, भावना अर्थात खेलमा एक –अर्काका विच कम्युनिकेशन, सर्ट पासीङ सिस्टमको विकास र एक अर्का बीच विश्वास, एकता तथा मेरो नभै हाम्रो भन्ने राम्रो भावना जागरण हुन जरुरी छ ।
६) खेलाडीहरुले खेल मनोरञ्जनका लागि मात्र खेल भन्ने धारणा नलिई योजनाबद्ध तरिकाले निरन्तर अभ्यास तीव्र गतिमा म भविष्यमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्छु भन्ने बलियो आत्म विश्वासका साथ जीवनमा एउटा लक्ष्य र उद्देश्य लिई गन्तब्यमा पुग्छु भन्ने अठोट लिन सक्नु पर्छ तबमात्र खेलमा सफलता चुम्न सकिन्छ होईन भने कम्पास बिना समुद्रमा हराईरहेको जहाज जस्तो दिशाबिहीन लक्ष्यविहीन हुन पुग्छ ।
७. जिल्लाबाट कोकोकोला, रेडबुल जस्ता फुटबल भलिबल प्रतियोगिता स्थानिय तहमा आयोजना भए मात्र खेलको स्तर उकासिने सम्भावना देखिन्छ ।
८. सिंहदरबारको अधिकार स्थानिय तहमा आई पुग्दाको अवस्थामा खेलकुद विकासका लागि जीवन समर्पण गर्ने राष्ट्रिय स्तरका अनुभबी खेलाडीहरुको सुझाब सल्लाह र अनुपस्थितमा नगर विकास खेलकूद समिति निर्माण गर्ने कार्यले पुराना उत्कृष्ट खेलाडीहरुमा निरुत्साह पैदा भै खेलले गति लिन नसकेको देखिन्छ ।
जिल्ला, क्षेत्रिय, राष्ट्रिय स्तरका खेलाडीहरुलाई राज्यले दिने सेवा, सुविधा, तलब, भत्ता, पेन्सनको व्यवस्था गर्न नसकिरहेको अवस्था छ भने एउटा खेलाडीले राष्ट्रको गौरब र कृतिका लागि आफ्नो प्राण त्यागेको हुन्छ, तर सरकारले ऊ खेल खेल्न नसकि घर फर्कने क्रममा रित्तो हात आउनु पर्ने हुदय बिदारक स्थिति छ । जोत्न नसक्ने बुढो गोरु झै थला पर्छ र कुजो भै हात गोडा नचलेपछि टोकरी लिएर पेट पाल्न जोगी या भिखारीको रुप धारण गर्न बाध्यता हुन्छ । खेलकूद क्षेत्रमा सरकारको आँखा नपुगेको हो वा सामन्ती सत्ता मोहबाट ग्रसित भएको हो यसमा स्थानिय निकायले यस्ता समस्या खोज तलास गरी अबिलम्ब खेलकुद क्षेत्रमा अरु योजना सरह बजेट विनियोजनका लागि बजेट ल्याउनु पर्ने अनिवार्यता देखिन्छ तब मात्र उत्कृष्ट खेलाडी उत्पादन हुनुका साथै खेलकुद विकासले गति लिनेछ र खेलाडीको मुहार उज्यालो हुने कुरा सुनिश्चित देखिन्छ ।
पुनर्वास नगरपालिका स्थित दर्ता भएका धेरै क्लबहरु छन् तिनीहरु स्थानीय प्रशासनमा मात्र दर्ता भएका छन् तर जिल्ला खेलकुद समन्वय विकास समिति जिल्ला फुटबल संघहरुमा दर्ता नभएका कारण क्लबहरुलाई जिल्लाले दिने सेवा सुविधा खेल सामग्री र खेलकुद पदाधिकारी निर्वाचनमा भाग लिनबाट वञ्चित हुनुपर्ने अवस्थालाई दृष्टिगत गरि आ–आफ्नो क्लब संघमा अनिवार्य दर्ता गराउनु पर्नेमा ध्यान पु¥याउन जरुरी छ ।
यस क्षेत्रका खेलाडीहरुले प्रवित्ति र (चरित्र) मा सुधार गर्नुपर्ने देखिन्छ पुनर्वास नगरपालिकामा क्लबहरुले फुटबल संचालन गरिदा खेलाडीहरु आफूले सिकेको सीपलाई प्रयोग गरी क्षेत्रियता, जातियता र ग्रुपीजिङ का आधारमा बल प्रयोग गरि अन्याय तरिकाले हुलदंगा गरी खेल खेल्दा खेलमा जित्ने टिमले हार्ने र हार्ने टिमले जित्ने जस्ता कु–प्रवृत्ति हावि हँुदा उत्कुष्ट खेलाडी उत्पादन हुन नसक्ने अवस्था श्रृजना भईरहेको अवस्थामा त्यस्ता प्रतियोगितालाई निरुत्साहित पार्न सके खेलको विकासमा तीव्र गति लिने देखिन्छ ।
पुनर्वास नगरपालिका भित्रका क्लबहरुको खेलमैदान प्राविधिक स्केल अनुसार नाप नक्सा नभई हचुवा पारामा निर्माण भएबाट यस क्षेत्रबाट अन्य ठाउँमा खेल्न जाँदा खेलाडीहरुको फरक मैदानका कारण खेल अभ्यासमा कमी हुनका कारण पूरा खेल खेल्न नसकि आफ्नो राम्रो खेल प्रदर्शन गर्न नसक्ने स्थिति भएकाले मैदान सुधार गर्नुपर्ने देखिन्छ ।
स्थानिय तहले क्लब गाउँपालिका÷नगरपालिका क्लव स्तरीय वडा स्तरीय, विद्यालय स्तरीय र नगरस्तरीय खेलहरुको आयोजना गर्ने र नगर भरिबाट खेलाडी छनौट गरि छनौट भएका खेलाडीहरुलाई दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षित गराउँनु पर्ने देखिन्छ ।
प्राय गरेर राष्ट्रिय क्षेत्रिय गेमहरु सदरमुकाममा मात्र आयोजना हुने प्रावधानले गर्दा र स्थानीय तहमा खेलहरु नखेलाउनुले पनि आर्थिक कम्जोर भएका खेलाडीहरु सदरमुकाम जान नसकी विपन्न वर्ग र दुर्गम क्षेत्रका खेलाडीहरु खेलबाट पछाडी परेको अवस्था मुख्य कारण हुनसक्छ । खेलमा व्यापक प्रतिस्पर्धा र तीव्र सहभागिता भए मात्र प्रत्येक खेलहरुमा खेलाडीहरुको स्तरमा वृद्धि भई खेलकुद विकासले गति लिने सुनिश्चित देखिन्छ ।
                                                                                                                                                                  लेखक कलाकार, खेलाडी एबं पुर्व शिक्षकसमेत हुन्

Facebook Comments
Down to post ads-480-38

Comments are closed.