दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु

हेल्लो समाचारदाता

दार्चुला ,२६ असार-दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिकामा करेन्ट लागेर २४ वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नीरिक्षक हिक्मत बोहोराले जानकारी दिए ।

उनका अनुसार करेन्ट लागेर थप तीन जना घाइते भएका छन् । घाईते हुनेमा विश्वेश्वर विष्ट, जगदिश भट्ट र महेश विष्ट रहेको प्रहरीले जनाएको छ । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतका तार जमिन छुने गरि विस्तार गरिदा दुर्घटना भएको स्थानीयले बताएका छन् । पानीको योजना निर्माण गर्न जाने समयमा तार नजिकै भएकाले करेन्ट लागेको उनीहरुको भनाई छ ।

स्थानीयले विद्युत प्राधिकरणको कमजोरीले दुर्घटना भएको आरोप पनि लगाएका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.