नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

हेल्लो समाचारदाता

कैलाली ,२५ असार–पानीमा डुवेर कैलालीमा दुई बालकको मृत्यु भएको छ । भजनी नगरपालिका ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेर बहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायको छ ।

 

मंगलवार दिउँसो खेल्न गएका दुवै जना साँझ सम्म पनि नफर्किए पछि स्थानीयले खोजी सुरु गरेका थिए । दुवै जनाको शव नालीमा भेटिएको प्रहरी कार्यालय  जानकारी दिएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.