नशालु पदार्थ पिलाएर शिक्षिकालाई नै गरे प्रिन्सिपलले यौन शोषण

हेल्लो समाचारदाता
नयाँ दिल्ली–भारतको राजधानी दिल्लीमै एक स्कुलका प्रिन्सिपलले शिक्षिकालाई नशालु पदार्थ सेवन गराउँदै यौन शोषण गरेको समाचार सार्वजनिक भएको छ । दिल्लीको जसोलास्थित एक स्कुलमा शिक्षिकालाई यौन दुव्र्यवहार तथा शोषण गरेको आरोपमा ती प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । प्रिन्सिपलले अफिसमै नशालु पदार्थ पिलाएर यौन शोषण गरेको शिक्षिकाको आरोप छ । प्रिन्सिपलले आफ्नै हर्कतको भिडियो नै खिचेर भाइरल बनाउने धम्की समेत शिक्षिकालाई दिएको कुरा भारतीय संचारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार यसअघि पनि ती प्रिन्सिपलले यस्ता हर्कत गर्दैआएका थिए । पीडित महिलाले राजधानीस्थित सरिता विहार थानामा मुद्दा दायर गरेकी हुन् । प्रिन्सिपलले २०१७ मै पहिलो पटक यस्तै दुव्र्यवहार गरेको कुरा यहाँका अधिकारीले जनाएका छन् । प्रिन्सिपलले ती शिक्षिकालाई अतिरिक्त कक्षाका लागि भन्दै स्कुल बोलाउँदै आएका थिए । आफ्नै कोठामा बोलाएर सफ्ट ड्रिङ्स पिलाएका थिए । जहाँ केही नशालु औषधि मिसाइएको थियो ।

यस क्रममा पीडित शिक्षिकाको आपत्तिजनक अवस्थाको भिडियो समेत प्रिन्सिपलले रेकर्ड गरेका थिए । र उक्त भिडियो भाइरल बनाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’गर्दैआएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.