भारतमा डेढ करोड चोरी गरेका सुदूरपश्चिमका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

हेल्लो समाचारदाता
कैलाली,२१ असार–भारतबाट डेढ करोड बढि चोरी गरेको आरोपमा पक्राउ परेका कैलाली–कञ्चनपुरका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा परेको छ। भारतको पंजाव लुधियानाका नन्दकिशोरको घरमा डेढ करोड बढि रकम चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको हो। एक जना बालकलाई विषादी खुवाएर बेहोस बनाउँदै चोरी गरेकाले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार कैलाली गौरीगंगाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानवहादुर कार्की, सोही ठाउँका सन्तोष भट्टराई, गोदावरी नगरपालिकाका संकर विक, रविन्द्र सोव, योगेन्द्र विक, भोज विक र गणेश विक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ। उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरि मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बेहोस बनाईएका बालकको ५ दिनपछि होस खुलेको र कैलाली आएर मुद्धा दर्ता गरेको समेत प्रहरीले जनाएको छ। ईन्टरपोलबाट आएको जानकारी अनुसार भारतीय एक करोड बढि रकम नन्दकिशोरको घरबाट चोरी भएको छ। तर अहिले सम्म केहि रकम मात्रै बरामद भएको प्रहरीले जनाएको छ। थप ४ जनालाई पक्राउ गरि मुद्धा चलाईएको हो। प्रहरीले उनीहरूको साथबाट २७ ग्राम ५ सय ३० मिलिग्राम सुनको एक थान सिक्री, ८ ग्राम ८० मिलिग्राम सुनको एक थान औँठी, १ ग्राम ४ सय मिलिग्राम सुन लगायतका गहना र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, १ सय ३० अमेरिकन डलर, हंगेरीको ५ सय नगद रकम बरामद गरिएको जनाएको छ। प्रहरीले यसअघि उनी मध्ये ४ जनालाई सुनका गरगहना र नगद रकम सहित सार्वजनिक गरिसकेको थियो।

उक्त चोरीमा जिल्ला प्रहरी कार्यालय कैलालीमा यसअघि नै पक्राउ परेका थप तीन जना र कैलाली कारगारमा रहेका २ जनाको पनि संग्लनता देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। अन्य केही फरार समेत रहेको उनले बताए। पछिल्लो समय भारतबाट नगद र सुन चोरी गरेर ल्याउने घटनाहरु बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

   –   दिनेश खबरबाट साभार

Facebook Comments
Down to post ads-480-38

Comments are closed.