भारतीय डाकुद्धारा नेपाली महिलाको गहना लुटियो

हेल्लो समाचारदाता

बेलडाँडी,२१ असार-कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका ५ झिलमीलाकी १ महिलाको गहाना लुटिएको छ ।

भारतीय सिमा संग जोडिएको किसान मध्यवर्ती सामुदायिक बनमा घास काट्न गएकी गंगा देवी रावलको तिलहरी लुटेको हो । ३ दिन पहिले सामुदायिक बनमा घास काट्न गएकी रावललाई ३ जना भारतीय डाकुले हातपात गर्नुका साथै गहना लुटेको बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाका निजि सचिव कृष्ण कुमार रोकायाले जनकारी गराउनु भयो ।

उहाँका अनुसार भारती डाकुले सामुदायिक बनमा आएर डर धम्की दिदै गहना लुटेको र भारतको पिलिभित जिल्ला टाटारगंज घर भएका डाकुलाई त्यहाँको पञ्चले थाहाँ पाउदा समेत कारवाहीको दायरामा ल्याउन नसकेको गुनासो गरे । नेपालका तर्फबाट बेलडाँडी गाउँपालिका वडा नं.३,४र५ का अध्यक्ष स्थानीय अगुवा लगायतको टोली उनकै गाउँ टाटारगंजमा गएर दोषीलाई कारवाहीका साथै डण्ड हुनुपर्ने माग अघि सारे पछि सहमती बिथोलीएको जनाइएको छ ।

त्यहाँका पञ्च कल्वन्द सिहले कारवाही गराउने कुरा गर्दा डाकुहरुले उसैलाई धम्की दिएर पछी पञ्चले पनि डाकुहरुको पक्षमा कुरा गरेपछी सहमती नभएको जनाइएको छ ।
बेलडाँडी गाउँपालिकाका तिनै वडाले आफ्ना नागरिकहरुलाई अर्को सहमती नहुन्जेल सम्म सिमामा नजान सुचना गरेको छ ।

यसरी पहिले देखि यहाँ भारतीय डाकु,गुण्डाहरुले नेपालीहरुलाई अनावश्क दुःख दिने गरेको छ । नेपालीको यो समस्या समाधान गर्न झिलमिला फाँटामा शसस्त्र क्याम्प राख्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।

  -बेलडाँडी पोस्टबाट

Facebook Comments
Down to post ads-480-38

Comments are closed.