बेलौरीको भुडामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यू

हरिलाल जोशी
भुडा,२१ असार–कञ्चनपुरको बेलौरीको भुडामा स्कुटर दुर्घटना हुँदा दुई जना भारतीय महिलाको मृत्यू भएको छ ।

बेलौरी नगरपालिका–१० भुडामा हिजो साँझ (शुक्रबार) करिब साढे सात बजेको समयमा दुर्घटना भएको हो ।

युपी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटी कल्भर्टमा ठोक्किँदा भारतको पिलिभित कम्बोजनगर घर भएकी वर्ष २३ की पविन्द्रा चौधरी र पछाडी सवार सोही ठाँउकी वर्ष २३ की मनिषा हमाल गम्भिर घाईते भएपछि उपचारका लागि भारत तर्पm लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरी चौकी भुडाका प्रहरी सहायक निरिक्षक डम्मर सिँह कार्कीले बताउनु भयो ।

उनीहरु आफन्तलाई भेट्न बेलडाँडीको शिबनगरमा आएका थिए । दुर्घटनामा मृत्यू भएका उनीहरुको व आफन्तले भारतको पिलिभित घरतर्फ लगेको र स्कुटी भने प्रहरी चौकी भुडाको नियन्त्रणमा रहेको प्रहरी सहायक निरिक्षक कार्कीले बताउनु भयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.