तीन महिने बेमाैषमी तरकारी खेती र सिलाई तालिमकाे समापन

हेल्लो समाचारदाता

पुनर्वास, असार ०२ ।
कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिकामा सिटिईभिटी तथा १ नम्बर वडा कार्यालयकाे सहकार्यमा सञ्चालित तीन महिने बेमाैषमी खेती र सिलाई तालिमकाे अाज एक कार्यक्रम गरी समापन गरिएकाे छ।
पुनर्वास नगरपालिकाका प्रमुख जीवन राज थापाकाे प्रमुख अातिथ्यमा भएकाे समापन कार्यक्रममा विशिष्ट अतिथि उप प्रमुख शारदा विष्ट रहनु भएकाे थियाे भने सभापतित्वकाे अाशन ग्रहण १ नम्बर वडाका अध्यक्ष प्रताप चन्द रहेका थिए।


वडा भरीका २० जना किसानलाई बेमाैषमी तरकारी खेती सम्बन्धी तालिम दिईएकाे थियाे भने ४० जना महिलालाई सिलाई सम्बन्धी तालिम दिईएकाे वडाध्यक्ष प्रताप चन्दले बताउनु भयाे। ३ महिने तालिम समापन पछि प्रशिक्षार्थीहरूलाई सिलाई मेशिन, कृषि अाैजार तथा सीप परिक्षणकाे प्रमाण पत्र समेत उपलब्ध गराईकाे थियाे।

तालिम समापन पछि प्रशिक्षार्थीहरूले तालिम बाट धेरै कुरा सिक्ने अवसर पाएकाे र सिकेकाे सीप ब्यवहारमा उतार्ने प्रतिबद्धता समेत जनाएका थिए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.