कैलालीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु

हेल्लो समाचारदाता

कैलाली–कैलालीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ९ मनिका सामुदायिक वन मुर्कटीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको हो। रुख काट्ने क्रममा वडा नम्वर ११ बस्ने ३० बर्षका श्रवण रानाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव सेती अञ्चल अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.