कंचनपुरमा डोजरले अटो रिक्सालाई ठक्कर दिदा तीन जनाको मृत्यु

हेल्लो समाचारदाता

कंचनपुर –महेन्द्रनगरको वनगाउँमा सडक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । विपरीतबाट आइरहेको अटो रिक्सा र जेसिबी (डोजर) एक-आपसमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा ३ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते रहेको प्रहरीको भनाइ छ । गड्डाचौकी बाट महेन्द्रनगर आउदै गरेको म १ ह ७६३ न को अटो रिक्सा र महेन्द्रनगर बजारबाट भुजेला जाँदै गरेको से १ प ७३३ न को जेसिबी डोजर आपसमा ठोक्किँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.