कंचनपुरको बेलौरीमा एक युवकको शव फेला

हेल्लो समाचारदाता

बेलौरी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ बुटाबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयबासी १९ वर्र्षीय बिष्णु गिरी बेवारिसे अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणी पुनले जानकारी दिनुभयो । घटना राती १० देखि ११ बजेको बीचमा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक फेला परेको स्थानमा सल्फास नामक बिषादी समेत फेला परेको प्रहरीले जनाएको छ । शव घर देखि करिब एक सय मिटर टाढा खेतमा भेटिएको हो । शव नजिकमा बिषादी भेटीएपछि आत्महत्या हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि शवलाई पोष्टमार्टम गरिसकेपछि मात्र घटना बारे यकिन गर्न सकिने प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.