कंचनपुरको डोकेबजारमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेल्लो समाचारदाता

पुनर्वास –कञ्चनपुरको डोकेबजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट  पुनर्वास  नगरपालिका वडा नम्बर ११ का  ६५ बर्षिय कान्छा सुनारको मृत्यु भएको हो ।

डोकेबजारमा पैदल यात्रा गरिरहेका  सुनारलाई  ना ३ ख ६६५ नम्बरको ट्रकले डोकेबजारमा ठक्कर दिएको थियो।

ठक्कर पश्चात् उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो। उपचारका क्रममा रहेका सुनारको सेती अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.