बझाङमा ससुराद्वारा बुहारीको बलात्कारपछि बीभत्स हत्या

हेल्लो समाचारदाता

बझाङ : बझाङमा एक महिलाको विभत्स हत्या भएको छ । सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.