भन्सार एजेन्टका सहयोगी १५ हजार घुससहित पक्राउ

हेल्लो समाचारदाता

कैलाली : कैलालीमा १५ हजार घुससहित भन्सार कार्यालयका एजेन्टका सहयोगी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मंगलबार पूर्ण भन्सार छुट गराइदिने भन्दै सेवाग्राहीबाट १५ हजार घुस लिने टीकापुरको सेती भन्सार कार्यालयका एजेन्टका सहयोगी राम बहादुर साउँदलाई पक्राउ गरिएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसन्धान अधिकृत प्रेम बहादुर बस्नेत नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

भारतबाट सामान ल्याउने व्यापारीले पूर्ण भन्सार महसुल तिरिसकेपछि कर्मचारी मिलाएर भन्सार छुट गराई दिने भन्दै रकम लिइसकेको अवस्थामा साउँदलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए। साउँदलाई आज काठमाडौं पठाईएको विष्टले बताए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.