कर्मचारीको तलब १८ देखि २० प्रतिशत बढ्यो

हेल्लो समाचारदाता

काठमाडौं –सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।

राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

यससँगै खरिदारदेखि नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशत बढेको छ ।

अंकमा हिसाब गर्दा सबैभन्दा कम खरदारको ४ हजार ४३४ तथा मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँ बढेको छ ।

बढेको तलब जोड्दा खरिदारको तलब २६ हजार ६०४ तथा मुख्य सचिवको तलब ६५ हजार १३६ पुग्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.