प्रदेशसभा सदस्य तारालामा तामाङले पुनर्वासमा सव-स्टेसन स्थापनाको काम सुरु गरेपछि पुनर्वासीहरु हर्षित

हेल्लो समाचारदाता
पुनर्वास–बर्षौदेखि विद्युतिय समस्या झेल्दै आईरहेका कञ्चनपुरको दक्षिणिक्षेत्रका बासिन्दाको समस्या अब केहि समाधान हुनेभएको छ । नेपाल विद्युत प्राधिकरणले पुनर्वास ६ स्थिति उद्योग बाणिज्यसंघको कार्यालय नजिकै साढे दश करोडको बजेटमा सव-स्टेसन स्थापना गर्न लागेको छ । दुई खण्डमा छुट्याईएको योजनामा पहिलो खण्ड तार-लाइन विस्तारको ठेक्का सम्झौता भएर पोलहरु पुनर्वासमा खसालिएको छ । ३३ केभी प्रशारण लाइनको ठेक्का पाएको अमृत/ईन्द्रधनुष जेभी कन्स्ट्रक्सनले अहिले काम गरिरहेको छ । त्यस्तै दोस्रो खण्डको सव-स्टेसन निर्माणको ठेक्का यसैसाता आह्वान गरिएको छ ।

३३ केभी प्रशारण लाइन सहितको सव-स्टेसन स्थापनाको लागि काम सुरु भईरहँदा भोल्डेज समस्या समाधान हुने अपेक्षा गरिएको छ । अहिले लालपुर स्टेसन देखि बेलौरी सव-स्टेसन हुँदै पुनर्वासका कुनाकुनामा वितरण भईरहेको विद्युत भोल्डेज न्यून हुँदा उद्योगधन्दा देखि घरायसी उपकरण समेत चल्न सकेका छैनन् । सव-स्टेसन स्थापना भएपनी चैतवैशाखमा आउने हावाहुरी अनि बर्षायामको पानीका कारण विद्युत सेवा अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान भने यसपटक नहुने भएको छ । यस समस्याको दीर्घकालीन समाधान हुन लालपुर देखि बेलौरि हुँदै आउने लाइन काटेर अत्तरिया देखि धनगढी हुँदै पुनर्वास ल्याउनुपर्ने हुन्छ ।

लालपुरदेखि पुनर्वासको दुरि ४७ किलोमिटर पर्छभने बिचमा जंगल पर्ने हुँदा हावापानी आउने बित्तिकै विद्युत कटौती हुने गर्दछ । त्यसको उचित विकल्पका रुपमा हेरिएको अत्तरिया हो । अत्तरियादेखि पुनर्वास ल्याउदा जम्मा २८ किलोमिटर मात्र पर्छभने बिचमा जंगल पनि पर्दैन ।

प्रदेश सभा सदस्य तथा नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले अब यस क्षेत्रको विद्युत समस्या समाधान हुने बताउनुभयो ।साथै उहाँले उर्जा मन्त्री बर्षमान पुनलाई धन्यवाद समेत व्यक्त गर्नु भयो।उहाँले हाल लालपुरबाट विद्युत प्रशारण भईरहेकाले आगामी दिनमा सहज बनाउन अन्य विकल्प खोजिने बताउनुभयो । उहाँले ३३ केभी प्रशारण लाइन अत्तरिया देखि पुनर्वास ल्याउन राजनैतिक अवरोध नभएको प्रष्ट पार्नुभयो । उहाँले ३३ केभी प्रशारणमा गडबडी आए अत्तरियालाई विकल्प बनाउन सकिने बताउनुभयो ।

टनकपुर हाइड्रोपावरबाट आउने यस बिजुली हाल नेपालले महाकाली सन्धिअनुसार वार्षिक रूपमा पाउने १२ देखि १६ मेगावाट आयात भईरहेको छ । नेपालले भारतसंग अतिरिक्त विद्युत प्रतियुनिट ३.४४ भारतीय रुपियाँका दरमा आयात गर्ने गरेको छ । यसलाई विद्युतलाई राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

                                                                                                                                                                                 –साझा पत्रिकाको अनलाईनबाट
Facebook Comments
Down to post ads-480-38

Comments are closed.