धुलोले आक्रान्त बनेपछि स्थानियहरुले गरे बाटो बन्द

हेल्लो समाचारदाता
पुनर्वास–बाटोको धुलोले आक्रान्त बनेपछि स्थानियहरु बाटो बन्द गर्न बाध्य भएका छन् ।
पुनर्वास–बेलौरी हुँदै डोकेबजार जोड्ने हुलाकी सडक खण्डमा पर्ने पुनर्वास–५,पशुपति चोकमा स्थानियहरुद्वारा बाटो बन्द गरेका हुन् ।


बाटोमा माटो फिलिङ्ग गरेका लामो समय भईसक्दा पनि निर्माण कम्पनीले बाटोमा ग्राभेल गर्नमा ढिलाई गर्दा आफुहरुलाई धुलोले एकदमै समस्या बनाएको स्थानियहरुले गुनासो गरेका छन् ।


बारम्बार बाटोमा ग्राभेल हाली दिन र बाटोमा पानी हाली दिन आग्रह गर्दा समेत नसुनेपछि बाटो बन्द गर्न पुगेको र आफ्ना मागहरुको परिपुर्ति नभएसम्म बाटो बन्द नै गरिराख्ने स्थानियहरुले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.