कैलालीको एक जंगलमा सडेको अवस्थामा शव फेला

हेल्लो समाचारदाता

कैलाली–कैलालीको एक जंगलमा सडेको अवस्थामा शव फेला परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर वडा नम्बर ६ को रानीफाटा सामुदायिक वनमा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकु्मार बस्नेतले सामुदायिक वनको वरको रुखमा गलबन्दीले पासो लगाएको अवस्थामा अन्दाजी ५५/६० वर्षीय पुरुषको शव फेला परेको जानकारी दिए।

शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भएको उनले बताए। शव सडेकै कारण हत्या वा आत्महत्या के हो भन्ने कुरा समेत छुट्टाउन नसकिएको बताउदै उनले बाँकी कुरा अनुसन्धानबाट पत्ता लाग्ने जनाएका छन्। जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  शव आज बिहान फेला परेको हो।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.