९ बर्षिया बालिका बलात्कृत,बलात्कारी भने फरार

हेल्लो समाचारदाता

कञ्चनपुर-कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रकी एक ९ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।

उनलाई फिल्म देखाउँछु भनेर बेलौरी नगरपालिका ९का सरणशक्ति चौधरीले कोठाभित्र लगेर बलात्कार गरेका हुन् ।

यि युवकले बालिकालाई सेक्स फिल्म देखाएर बलात्कार गरेको बालिकाले घरपरिवारलाई बताएपछि घटना बाहिर आएको हो । बालिकाको घरमा कोही नभएको मौकामा ति युवकले यस्तो गरेको घर परिवारले जनाएको छ ।

बालिकाकी आमाले दोषिलाई कार्बाही नभएको दुखेसो पोख्नि । घटना भएको लामो समय वितिसक्दा पनि दोषि कार्बाही नभएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । घटना बैसाख तेस्रो सातातिर भएपनि दोषि उपर कार्बाही नभएको भन्दै पीडित परिवारले यथाघिश्र कार्बाहीको माग गरेका छन् ।

दोषि फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी इन्चार्ज दान ब. रोकायाले जबरजस्तीकरणीमा मुद्दा दर्ता भएर दोषिको खोजीकाई रहेको बताए । उनका अनुसार घटनाको प्रकृति मुचुल्का गरेर पीडकको परिवारसंग ताकेता गरिएको छ । उनले दोषिलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए । पीडित परिवारले न्याय दिन समेत आग्रह गरिरहेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.