जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेल्लो समाचारदाता
कैलाली ,जेठ ५– शनिवार साँझ टीकापुर नगरपालिमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । साँझ करिब ७ः३० बजे बा १६ च ४७१० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको युपी ३१ एस ५१७० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक टीकापुर नगरपालिका ७ का २६ वर्षीय कमल साउदको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.