बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। देहीमाडौंबाट गिरेगाडा जाँदै गरेको ग१च ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा दुर्घटना हुँदा अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मृतक र घाइतेको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। सडकबाट करिब डेढ सय मिटर खस्दा तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.