साझा विवेकशील पार्टीको कोण सभा पुनर्वासमा सम्पन्न

जुद्ध चाैधरी/
पुनर्वास, जेठ ०३ । रविन्द्र मिश्र सँयाेजक रहेकाे साझा विवेकशील पार्टीकाे भ्रष्टाचार विरूद्धकाे महाअभियान कार्यक्रम अन्तर्गत अाज पार्टीले कञ्चनपुरकाे पुनर्वासमा काेण सभा सम्पन्न गरेकाे छ।

जेठ १ गते देखि कैलालीकाे टिकापुर देखि शुरू भएकाे विवेकशीलकाे अभियान अाज कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे अाईबिअारडी बजारमा काेण सभा सम्पन्न भएकाे हाे। कार्यक्रमलाई सम्बाेधन गर्दै सँयाेजक मिश्रले देशमा ब्याप्त भ्रष्टाचार विरूद्ध जनता एक भई लाग्नु पर्ने बताए। सत्तामा अासिन पार्टिका नेताकाे उद्घाटन कार्यक्रममा मात्र सहभागी हुनाले फुलमाला र खादाले कान थुनिएकाले जनताकाे समस्या सुन्न नसकेकाे बताएका छन। तसर्थ देश बचाउन अब सबै जनता एक भई खबरदारी गर्नुकाे विकल्प नरहेकाे बताए।

काेणसभा कार्यक्रमलाई साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य, केन्द्रीय सदस्यहरु मुमाराम खनाल, किशोर थापा, केशव दाहाल, सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल तथा बेलाैरी उद्याेग वाणिज्य सँघका अध्यक्ष लक्ष्मी नारायण चाैधरी लगायतका नेताले सम्बोधन गरेका थिए । अाजै कञ्नपुरकाे बेलाैरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा काेण सभा कार्यक्रम रहेकाे पार्टीले जनाएकाे छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.