लक्ष्मी लघुवित्तद्वारा मृत्युदाबी रकम भुक्तानी

हेल्लो समाचारदाता
पुनर्वास,जेठ २– लक्ष्मी लघुवित्त वित्तिय संस्थाले दुर्घटना बीमा मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३,आई.बी.आर.डी.मा रहेको शाखाबाट बिहिबार मृत्युदाबी रकम भुक्तानी गरेको हो ।

लक्ष्मी लघुवित्त वित्तिय संस्थाको आई.बी.आर.डी. शाखाबाट सञ्चालित केन्द्र नम्वर ८६ समुहकी सदस्य बासमतिया देवि रानाको मृत्यु पछि एक लाख बिस हजार ऋणी बीमा वापत रकम भुक्तानी र ६ हजार काज क्रिया खर्च वापत गरि जम्मा १ लाख २६ हजारको चेक संस्थाले उनका श्रीमान राम कृपाल रानालाई हस्तान्तरण गरेको छ ।
गत मङसिर महिनामा ६० हजार ऋण माग गरि दुर्घटना बीमा गरेकी सदस्य बासमतिया देवि रानाको मृत्यु पश्चात परिवारलाई एक अनौपचारिक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक सागर जि.सी.ले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.