अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर चयन

जेठ २, काठमाडाैँ अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर चयन भएका छन् । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई चयन गरेकाे हाे ।

यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार अन्य जनसंगठनकाे नेतृत्व टुंगाे लगाएकाे छ ।

यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरणलाई राख्ने सहमति जुटेको छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।

यसबाहेक महिला संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ ।

थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् । यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ ।

श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन एमााले निकट संगठन मिडिया संगठनका नेता हुन् ।

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.